अपडेट 
२०७८ जेष्ठ ३, सोमबार ०७:२६

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टाको अवधिमा आईतवार १४४ महिलासहित ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २२ गतेदेखि नै निषेधाज्ञा जारी गरिएको भएपनि संक्रमित घटिरहेको छैन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार धनुषामा १४४ संक्रमित थपिएका छन् । यस्तै पर्सामा ५७, बारामा १७, सर्लाहीमा ६, रौतहटमा ७१, सप्तरीमा ५२, सिरहामा १९ र महोत्तरीमा १०५ संक्रमित थपिएका हुन् । धनुषा र महोत्तरीमा संक्रमण तिब्र गतिमा बढिरहेको पाइएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले परीक्षणको दायरा बढाएको छ । आईतवार ६ सय वटा नमुना परीक्षण गर्दा २२० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्जिेन विधिबाट ३ जनाको नमूना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । यस्तै सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ८६ वटा नमूना परीक्षण गर्दा ५०, जलेश्वरमा ८६ नमूना परीक्षण गर्दा २८, गौरमा २१० नमूना परीक्षण गर्दा ५३, सिरहामा ९४ नमूना परीक्षण गर्दा १८ र नारायणी अस्पताल वीरगञ्जमा १९२ नमूना परीक्षण गर्दा ८६ जनामा कोरोना पुष्टि भएको छ ।

धनुषामा आइतवार कोरोनाबाट २२ जनाको मृत्यू भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयबाट पुष्टि भएको छ । जसमध्ये अधिकांश मृतक जनकपुरधाम उपमहानगरकै रहेका छन् ।

Comment


Related News

Latest News

Trending News