अपडेट 
२०७८ जेष्ठ ३, सोमबार ०७:३६

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामले सञ्चालन गरेको कोभिड वार्डका लागि ढल्केबर ग्याँस उद्योगले पठाउने गरेको अक्सिजन सिलिण्डर नीजि अस्पतालमा पुग्ने गरेको खुलासा भएको छ ।

अक्सिजन अभावमा कोभिड वार्डका १४ जना कोरोना विरामी मृत्यूको मुखमा पुगेपछि मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमोद यादवले यस्तो खुलासा गरेका हुन् । उनका अनुसार विगत तीन दिनदेखि उद्योगले पठाउने गरेको अक्सिजन सिलिण्डर नीजि अस्पतालमा पुग्ने गरेको छ । यथार्त यहाँका एसपी, डिएसपी र सिडिओलाई समेत जानकारी गराउँदा पनि चासो कसैले लिएका छैनन् । ‘उद्योगले प्रादेशिक अस्पतालको नाममा बिल काटेर शनिवार ४५ वटा अक्सिजन सिलिण्डर पठाएको थियो । त्यो आएन । आईतवार फेरी ४५ सिलिण्डर पठाउँदा अन्य ठाउँमा पुग्यो’, मेसु डा. यादवले गुनासो गरे । कुन अस्पतालमा अक्सिजन पुगेको कुरा भन्न सक्दिनँ– उनले थपे । स्रोतका अनुसार आईतवार उद्योगले पठाएको अक्सिजन सिलिण्डर पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव लगायतले सञ्चालन गरेको जानकी हेल्थ केयरमा पुगेको थियो । उद्योगबाट अहिले प्रतिदिन ६० अक्सिजन सिलिण्डर प्रादेशिक अस्पताल आउने गरेको छ । तर तीन दिनदेखि नीजि अस्पतालमा पुग्दा समस्या भएको मेसु डा. यादवले बताए । उनले भने, ‘हुन त यहाँ दैनिक डेढ सयदेखि २ सयसम्म अक्सिजन सिलिण्डर आवश्यक पर्छ । तर मात्र ६० सिलिण्डर दिन्छ । त्यो पनि नीजिमा पुग्ने गरेको छ ।’ उनले यहाँको सिलिण्डर सिधा यही आउनुपर्ने माग गरे । डीसीसीएमसी धनुषाले अक्सिजन व्यवस्थापन समितिको संयोजक सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार कर्णलाई बनाएको छ । उनले प्रादेशिक अस्पतालको नाममा आएको अक्सिजन सिलिण्डर कहाँ पुग्यो भन्ने विषयमा जानकारी नै नभएको प्रतिक्रिया दिए ।

Comment


Related News

Latest News

Trending News