अपडेट 
२०७८ जेष्ठ ३, सोमबार ०७:४३

जनकपुरधाम । प्रदेश २ मा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण बढिरहेको बेला दोस्रो खोपको डोज लगाउन नपाएर मानिसहरु झन तनावमा देखिएका छन् ।

चैत महिनाको अन्तिम हप्ता सम्म पहिलो खोप लगाएकाहरुलाई दोस्रो खोप अनिश्चित भएकोछ । कोरोना संक्रमण बढेपछि खोप लगाउन मानिसहरु छट्टपट्टिएका छन् । स्वास्थ्य कार्यालय धनुषाका अनुसार जिल्लामा झण्डै २ ९ हजार मानिसको दोस्रो खोप लगाउने समय घर्किन थालेकोछ ।तर खोपको पत्तो छैन् । खोपबारे चासो राख्नेहरु वडा कार्यालयहरुमा नियमित सम्पर्कमा रहेका छन् । पछिल्लो पटक जेठ २ गते खोप लगाइने भनिएको थियो । तर स्वास्थ्य कार्यालयले खोपको चाँजो नै मिलाएन् । खोपका लागि दिनहुँ जसो मानिसहरुले सोध्ने गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र कुमार साहले बताए ।‘निषेधाज्ञा जारी भएको बेला वडाका ज्येष्ठ नागरिकहरुले फोनमा खोप कहिले लगाउने भन्दै दिनहुँ फोन गर्छन्’ उनले भने, तर खोपबारे स्वास्थ्य कार्यालयले दिने गरेको समयमा खोप आउँदैन् । पहिलो पटक भारतीय खोप कोभिशिल्ड लगाएकाहरु फेरी त्यै खोप लगाउन चाहिरहेका छन् ।तर स्वास्थ्य कार्यालय धनुषाले खोप नआएको बताउँछ ।‘भ्याक्सिन आएको छैन्’ जनस्वास्थ्य कार्यालय धनुषाका खोप प्रमुख राजदेव यादवले भने, संघिय सरकारको स्वास्थ्य मन्त्रालयले भ्याक्सिन र निर्देशन पठाएपछि मात्र खोप लगाउने कार्यक्रम सुरु हुनेछ ।

आम नागरिकले खोप लगाउन नपाएपनि प्रदेश सरकारको मधेश भवन भित्रका कर्मचारीहरुले सहजै खोप लगाइरहेका छन् । समाजिक विकास मन्त्रालयको पहलमा कर्मचारीहरुलाई खोप लगाइने गरिएकोछ । मधेश भवनमा पहिलो पटकपनि खोप लागिरहेको छ । तर दोस्रो पटक खोप लगाउने प्रतिक्षामा रहेका ज्येष्ठ नागरिक लगायतलाई प्रदेश सरकारले वेवास्ता गरेको आरोप वडा अध्यक्ष साहले लगाए ।

Comment


Related News

Latest News

Trending News