अपडेट 
२०७८ जेष्ठ ३, सोमबार १२:३९

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।

हिजो ९२ हजार पाँच सय रुपैयाँ रहेको सुन आज तोलामा तीन सय बढेर ९२ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गए पछि अहिले सुनको कारोबार ठप्प छ । तर, महासंघले अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको बजार भाउ भने तोक्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News