अपडेट 
२०७८ जेष्ठ ५, बुधबार ०६:३२

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १३ हजार ४ सय ८५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ४८५ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख १ हजार ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण घट्दाे क्रममा रहेकाे देखिएकाे छ । हालसम्म विश्वभर १६ करोड ४८ लाख  ७३ हजार २२९ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड ५० लाख ९ हजार ५१३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ९ लाख भन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन् । बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३४ लाख १७ हजार ७०७ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ५ हजार ४११ जनाको ज्यान गएको छ । १ लाख १४ हजार ५२९ सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ७२ हजार ३५४ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ३ लाख ५२ हजार ४१४ जना संक्रमित निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News