अपडेट 
२०७८ जेष्ठ ५, बुधबार ०६:३७

नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट पत्ता लागेको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी नेपालमा ९७ प्रतिशतमा नयाँ भेरियन्ट पुष्टि भएको जनाएको छ ।गत हप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्विसिङ गरिएको थियो ।मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा B.1.617.2 नयाँ भेरियन्ट र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा हालसम्म तीन किसिमका भाइरस रहेको पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाइएको उल्लेख छ । विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणासमेत गरिसकेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News