अपडेट 
२०७८ जेष्ठ ५, बुधबार ०७:००

जनकपुरधाम । कोरोना संक्रमितको उपचारमा अति आवश्यक पर्ने अक्सिजनको धनुषामा पनि चरम अभाव भएको छ ।

अक्सिजन अभावमा कोभिडका विरामीले ज्यान गुमाउन बाध्य छन् । अक्सिजन अभाव भइरहेको अस्पतालहरुको गुनासोपछि मंगलवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बाहिर जिल्लाबाट आपूर्ति गर्न पहल गर्ने निर्णय गरेका हो । जिल्लामा रहेको अक्सिजन प्लान्ट तथा डिलरहरुले सुनसरी, मोरङ, र पर्सामा रहेको ग्याँस उद्योग र डिलरहरुसँग समन्व्य गरी थप ग्याँस आपूर्ति गर्न पहल गर्ने निर्णय गरिएको छ । यस्तै धनुषामा रहेको कोभिड उपचारमा संलग्न नीजि तथा सरकारी अस्पतालहरुको वेड संख्या, विरामी संख्या, भौतिक र जनशक्तिको अवस्थाबारे अनुगमन गर्ने निर्णय पनि भएको छ । निर्णय अनुसार मंगलवार केहि अस्पतालको अनुगमन गरेको र बा्ँकी अस्पतालमा मंगलवार अनुगमन पश्चात प्रतिबेदन बुझाउने जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । अनुगमन पश्चात कोभिड विरामीको उपचारमा समस्या हुन नदिने आवश्यक रणनीति तय गरिने छ । अहिले कुन अस्पतालमा कति विरामी रहेको र कसरी उपचार भइरहेको विषयमा प्रशासन अनभिज्ञ छ ।

Comment


Related News

Latest News

Trending News