अपडेट 
२०७८ जेष्ठ ५, बुधबार ०७:०३

प्रदेश २ मा पछिल्लो २४ घण्टाको अवधिमा मंगलवार १३५ महिलासहित ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमितको संख्या २७ हजार ७१८ पुगेको छ । जसमध्ये १७ हजार ७५२ जना निको भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलवार धनुषामा १३४ जना, महोत्तरीमा ७८ जना, सिरहामा ६१ जना, सप्तरीमा ५६ जना, रौतहटमा २७ जना, सर्लाहीमा १०, बारामा २१ र पर्सामा ५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित दुईजना अन्य जिल्लाका छन् । मंगलवार ११ जना मात्र निको भएका छन् । जसमध्ये २ महिला छन् । संक्रमित हुनेको संख्या अत्यधिक मात्रामा बढेपनि निको हुनेदर एकदमै कम देखिएको छ । यस प्रदेशमा मंगलवार ९ हजार ५३० सक्रिय संक्रमित पुगेको निर्देशनालयले जनाएको छ । कोरोनाको दोस्रो भेरियन्ट सुरु भएदेखि बारामा ६८ जना र सिरहामा ७ जनाको मृत्यू भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । यो तथ्यांकमा केहि मृतक छुटेको देखिएको छ ।

Comment


Related News

Latest News

Trending News