२०७८ जेष्ठ ५, बुधबार ०७:२८

बाराको कलैयामा दुई जना बालकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शब फेला परेको छ ।

जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । सोही वडा निवासी अब्दुल गफार अन्सारीका दुई जना छोरा करिब ५ वर्षीय छोरा अमन अन्सारी र करिब ८ वर्षीय उस्मान अन्सारीको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ती बालकहरुको शव मंगलबार बिहान मदरसा टोलमा भेटिएको हो । सोमबार साँझ खेल्न भनेर घरबाट निस्किएका दुई बालक सम्पर्क बिहिन भएका थिए । बारा प्रहरीले दुबै जना बालकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । यता अनुसन्धानको क्रममा प्रहरीले एक २५ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ । तालिम प्राप्त कुकुरको प्रयोग गरेर अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News