अपडेट 
२०७८ जेष्ठ ५, बुधबार १२:४६

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण ४ हजार ५२९ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको हो । उक्त अवधिमा भारतमा कोरोनाका २ लाख ६७ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । भारतमा लगातार तेस्रो दिन तीन लाखभन्दा कम नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ५४ लाख नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख ८३ हजार २४८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा बढी ३३ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै केरलामा नयाँ संक्रमितको संख्या कर्नाटकमा ३० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । महाराष्ट्रमा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा धेरै छ । भारतमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३२ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा कोरोनाका सक्रिय संक्रमितको संख्यामा एक लाख २७ हजारभन्दा धेरैले घटेको छ ।

भारतमा अहिलेसम्म १८ करोड ५८ लाख डोज कोरोना खोप मानिसहरुलाई दिइसकिएको छ ।

Comment


Related News

Latest News

Trending News