अपडेट 
२०७८ जेष्ठ ५, बुधबार २१:२१

कोरोना संक्रमितहरुको उपचारमा प्रभावकारी देखिएको ‘रेम्डिसिभिर’ औषधिको नेपालमै उत्पादन सुरु हुने भएको छ । यसको उत्पादनका लागि सफल परीक्षण समेत भइसकेको छ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले उत्पादन प्रक्रिया सुरु नै भइसकेको जानकारी दिए ।

उनका अनुसार पहिलो पटक नेपालमा उत्पादनका लागि वीरगञ्जको नेसनल हेल्थ केयरले लाइसेन्स पाएको छ । लाइसेन्स पाएसँगै गरिएको परीक्षण समेत सफल भएपछि नेसनल हेल्थ केयरले उत्पादनको प्रक्रिया सुरु गरिसकेको र अबको एक महिनामा उत्पादन तयार भइसक्ने महासचिव अधिकारीले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News