अपडेट 
२०७८ जेष्ठ ६, बिहीबार ०७:३५

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १६८ महिलासहित ५५९ जनामा कोरोना पुष्टि भएको छ ।

बुधवार पनि धनुषामै सबभन्दा बढी १९० संक्रमित थपिएका हुन् । धनुषाको मिथिला नगरपालिकामा संक्रमण फैलिन थालेको छ । बुधवार वडा नम्वर १० मा पनि २८ जनामा संक्रमण देखिएको छ । यसअघि वडा ११ मा ४६ जनामा संक्रमण पुष्टि भइसकेका छन् । यस्तै जनकपुरधाम उपमहानगर ४ मा ३ महिलासहित १२ जना एउटै टोलका संक्रमित भएका छन् । यस्तै महोत्तरीमा ९२ जना, सिरहामा ४० जना, सप्तरीमा ५७ जना, रौतहटमा ३० जना, सर्लाहीमा १९ जना, बारामा ४६ जना र पर्सामा ७८ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थपिएका संक्रमितमध्ये सात जना अन्य जिल्लाका छन् । यस प्रदेशमा हालसम्म २८ हजार २७७ जना संक्रमित छन् । जसमध्ये बुधवार ६८६ जना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म १८ हजार ४३८ जना निको भइसकेको बताइएको छ । कोरोनाको दोस्रो भेरियन्ट सुरु भएदेखि सर्लाहीमा हालसम्म २२ जनाको मृत्यू भइसकेको छ । जसमध्ये १२ जना महिला रहेकी छन् ।

Comment


Related News

Latest News

Trending News