२०७८ जेष्ठ ६, बिहीबार ०७:३९

विभिन्न सात सूत्रीय माग राख्दै नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य कपिलदेव यादवको नेतृत्वमा युवाहरुले रिले अनसन थालेका छन् ।

कोभिड संक्रमितको उपचारमा भइरहेको समस्या समाधानको माग गर्दै उनीहरुले बुधबार दिउँसोदेखि जनकपुधामको जनकचोकमा रिले अनसन थालेका ुन् । कोरोना संक्रमितको उपचार निःशुल्क गर्नुपर्ने लगायतको माग राखेर उनीहरुले केहीदिनदेखि विरोध प्रदर्शन गर्दै आएका छन् । मागप्रति सरोकारबाला निकाय गंभिर नभएको भन्दै आपूmहरु बाध्य भएर रिले अनसन थालेको नेवि संघका केन्द्रिय सदस्य कपिलदेव यादवले बताए । प्रादेशिक अस्पताल जनकपुर र मुख्यमन्त्री कार्यालय अगाडी उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । केस यादवको नेतृत्वमा ने.वि.संघका त्रिलोकनाथ मिश्र, गणेश साह, अरुण यादव, सुस्वेत लाभ, गौरब सिंह, रन्जित साह, राजन साह लगायत रिले अनसनमा बसेका छन् । माग पुरा नभए आमरण अनसनमा बस्ने चेतावनी केस यादवले दिए ।

Comment


Related News

Latest News

Trending News