अपडेट 
२०७८ जेष्ठ ६, बिहीबार ०७:४६

जनकपुरधाम । कोरोना संक्रमितलाई दिने रेम्डेसिभिर नामक औषधी बिहीबार( आज)देखि पुनः विक्रि वितरण हुने भएको छ ।

दुई साता अघि संघीय सरकारले सशुल्क उपलब्ध गराएको १ सय २ वटा भाइल सकिएपछि विक्रि वितरण बन्द भएको थियो । बुधबार थप ४ सय भाइल आएपछि बिहीबारदेखि विक्रि वितरण शुरु गरिने प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुप्रिन्टेन्डेन्ट डा. प्रमोद यादवले जनाए । मेसु यादवका अनुसार ६ डोज रहेको भाइल पाँच हजार एक सयमा विक्रि गरिएको छ । कोरोना संक्रमितले लिने उक्त औषधी विक्रि वितरण गर्न अस्पतालले डा. जामुन प्रसाद सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमार्फत उक्त औषधी विक्रि वितरण भइरहेको अस्पताल श्रोतले जनाएको छ । विक्रि भएको बील र खाली भाइलसमेत जम्मा भइरहेको मेसु डा. यादवले जनाए । उनका अनुसार पहिलो पटक ल्याएको रेम्डेसिभिर औषधी सकिएपछि फेरी चार सय भाइल ल्याएको हो । उक्त औषधी विक्रिको लागि प्रादेशिक अस्पतालको फार्मेसीमा राखिएको छ । सरकारले तोकेको दर अनुसार अस्पतालले औषधी विक्रि गरिरहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News