२०७८ जेष्ठ ६, बिहीबार ०७:५४

धनुषाका पत्रकार दिलिप घिमिरेको बुधबार निधन भएको छ ।

केहि महिनादेखि क्यान्सर रोगले ग्रसित ६३ वर्षीय पत्रकार घिमिरेको काठमाण्डुमा उपचारको क्रममा निधन भएको हो । महोत्तरीको हतिसर्वा निवासी माता शोभा देवी र पिता छबिन्द्र घिमिरेको कोखबाट जेठो सन्तान रहेको घिमिरे २०३२ सालदेखि नै जनकपुरधामबाट पत्रकारिताको सुरुवात गरेका थिए । २०३८ सालदेखि आफ्नै प्रकाशन÷सम्पादनमा “हिमज्योति साप्ताहिक“ प्रकाशन उनी गर्दै आएका थिए । २०३५ सालमा पञ्चायत ब्यवस्थाको बिरोधमा मातृभुमि सप्ताहिक पत्रिकामा समाचार लेखेकै भरमा पञ्चे शाषकले पक्राउ गरेर राजकाज मुद्धा चलाएको थियो । २०४६ सालमा प्रजातन्त्रको पुनर्वाहालिको लागि भएको आन्दोलनमा घिमिरे गान्धिवादि नेता महेन्द्रनारायण निधि, काँग्रेसकि नेतृ लिला कोईरालासंगै थुनामा समेत परेका थिए । प्रजातन्त्रका लागि योगदान गरेको भन्दै नेपालका अन्तरिम सरकारका प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले घिमिरेलाई सम्मानित गरेका थिए ।

Comment


Related News

Latest News

Trending News