![](https://ejanakpurtoday.com/wp-content/uploads/2021/02/nirwachan-aayog.png)
काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । कांग्रेस संसदीय दलले निर्वाचन आयोगमा आज उजुरी दर्ता गराएको हो । आचारसंहिता विपरीत सरकार प्रमुखले नै उम्मेदवारलाई नै विजय गराउन मतदातालाई अपिल गरेर चुनावमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित चुनावको आधारभूत सिद्धान्त विपरीत भएको उजुरीमा भनिएको छ ।
![](https://i0.wp.com/ejanakpurtoday.com/wp-content/uploads/2021/05/deuwa_tpDUU0dJ2V.jpg?resize=724%2C1024&ssl=1)