जनकपुरधाम । समाजसवी सन्तोष अग्रवालले सिरहा अस्पताललाई कोरोना महामरीका बेला प्रयोग गर्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
नेपाल–भारत मैत्री संघका सिरहा अध्यक्ष समेत रहेका अग्रवालले बिहीबार अस्पताललाइ एक थान सेनिटाइजर डिस्पेन्सर र १ हजार मास्क सहयोग गरेका हुन् । उक्त सामग्री प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई हस्तान्तरण गरिएको छ । सहयोग गरिएको मास्क बच्चाले प्रयोग गर्ने खालको छ । अस्पतालमा आउने बालबालिकाको लागि मास्क सहयोग गरेको समाजसेवी अग्रवालले बताए । उनले अगामी दिनमा पनि सहयोग गरिरने प्रतिवद्धता पनि जनाएका छन् । पछिल्लो समय सिरहामा पनि कोरोना संक्रमित बढ्न थालेको छ । बिहीवार मात्रै ४५ जना नयाँ संक्रमित थपिएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए । उनका अनुसार हाल ६७० सक्रिय संक्रमित छन् । जसमध्ये एचडीयूमा सात जना र आइसियूमा १ जनाको उपचार भइरहेको छ । संक्रमितमध्ये २४ जना सामान्य उपचारमा रहेका छन् । अधिकतर सक्रिय संक्रमित होम आइसोलेशनमै छन् ।


