
रौतहटको मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साहले कोभिड संक्रमित भएका उपचारमा सहयोग पुग्ने उदेश्यले बिहीबार जिल्ला प्रसाशन कार्यालय रौतहटलाइ आक्सिजन सहितको अतिआवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का निवर्तमान संघीय सांसद प्रभु साहको पहलमा उपलव्ध गरिएको अक्जिसन सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसको दोस्रो लहरको संक्रमणबाट जिल्लामा ६३ जनाको दुखद निधन भैसकेको अवस्थामा बिरामीलाई उपचारमा थप सहयोग पुग्ने लक्ष्यले उपलव्ध गरिएको स्वास्थ्य सामग्री नगर प्रमुख साहले जिल्ला कोभिड संकट व्यवस्थापन कमिटिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाइ जिल्ला प्रसाशन कार्यालयमा गएर उक्त सामग्री बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी यादवलाइ बुझाईएको सामग्रीमा आक्सिजन सिलिन्डर ३० थान , सर्जिकल मास्क ५ हजार , सेनीटाईजर २५ लिटर ,अक्सिमिटर १४ , ग्लोब्स २ कार्टुन , पिपिई २५ सेट रहेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । सामग्री बुझाउने क्रममा मेयर साह सहित निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा , नेकपाका नेता राजकिशोर प्रसाद यादव , प्रहरी उपरीक्षक शिद्धि विक्रम शाह , राष्ट्रिय अनुसन्धानका प्रमुख , मौलापुर नगरपालिकाका निमित प्रमुख प्रसश्कीय अधिकृत रामबाबु साह लगायतका उपस्थति रहेको थियो ।
