जनकपुर टुडे राष्ट्रिय दैनिकले सफलतापुर्वक २३ वर्ष पुरागरि २४ औ वर्षमा प्रवेश गरेको सुखद अवसरमा सम्पूर्ण सञ्चारकर्मी, कर्मचारी, प्राविधिक, बिक्रेताहरुमा हार्दिक बधाई ज्ञापनगर्दै सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुकहरुमा हार्दिक अभार प्रकट गर्दछौ ।
छापा, श्रव्यदृश्य र डिजिटल सञ्चार क्षेत्रमा देशभरि नै विशिष्ट पहिचान बनाउन सफल जनकपुर टुडे मिडिया ग्रुपले अत्यन्त चुनौतीपुर्ण घडीमा सुचनालाई सर्वोपरि महत्वका साथ सम्प्रेषणगर्दै आएको यथार्थ सर्वविदित नै छ । सुचनामा सबैको सहज पहुँचका लागि टुडे मिडिया ग्रुपले सञ्चारका सबै माध्यमहरु एकसाथ सञ्चालन गरिरहेको छ । ‘क’ वर्गको राष्ट्रिय दैनिक जनकपुर टुडे, देशव्यापी प्रशारण हुने टीभी टुडे जनकपुर , एक हजारवाटको रेडियो टुडे, ईजनकपुर टुडे अनलाईन नियमित रुपमा सञ्चालन भइरहेको माध्यमबाट हामीले हाम्रा पाठक, श्रोता, दर्शकहरुलाई भएकै ठाउँमा तत्काल सत्य र निष्पक्ष सुचना पु¥याउँदै आएका छौ ।कोरोना भाइरस संक्रमणको बेला गत वर्ष देशका कयौं पत्रिकाहरुको प्रकाशन बन्द भएको बेलापनि जनकपुर टुडे राष्ट्रिय दैनिकको प्रकाशन निरन्तर जारी रह्यो ।विषम परिस्थितिमा स्वास्थ्य सम्बन्धी सरकारी मापदण्डहरुको अक्षरशःपालनागर्दै दायित्व निर्वाह गरेको स्मरणगर्दै अगामी दिनमापनि हामी निरन्तर सुचनाको संवाहकको जिम्मेवारी पुरा गर्न प्रतिबद्ध छौ ।हामीलाई प्रेरणा र हौसला हाम्रा आदरनीय पाठक, श्रोता, दर्शकहरुबाट प्राप्त भइरहने विश्वास छ ।विगत वर्षहरुमा जस्तै यस वर्ष हामीले विशेषांक प्रकाशन गर्न सफल हुन सकेनौ ।अनेक प्राविधिक र स्वास्थ्य सम्बन्धी जटिल परिस्थितिको कारण हामी विशेषांक प्रकाशनलाई निरन्तरता दिन नसकेकोमा क्षमाप्रार्थी छौ ।
अगामी दिनमा परिस्थिति अनुकुल हुनेमा हामी पूर्ण आशावादी छौ । सुचना प्रवाहको यात्रामा जनकपुर टुडे मिडिया ग्रुप निरन्तर अगाडी बढिरहने छ ।कोरोना भाइरसको विषम परिस्थितिमा हामी सबैले स्वास्थ्य सम्बन्धी सरकारी मापदण्डको अनिवार्य रुपमा पालना गरौ ।एक अर्काको सहयोगी बनौ ।अनावश्यक हल्ला फैलाउने कार्य नगरौ ।समाजिक सञ्जालहरुमा अनावश्यक सुचनाहरुको सम्प्रेषणगरि भ्रम सृजन ागर्ने कार्य नहोस् ।हामी हाम्रा आदरनीय पाठक, श्रोता, दर्शकहरुसँगै सम्पूर्ण नागरिकलाई संभव भएसम्म घर बाहिर ननिस्कौ र निस्कनै परे भीडमा नजाऔं भने हार्दिक अनुरोध गर्दछौ ।प्रतिकुल परिस्थितिमापनि हामी हाम्रा दायित्व निर्वाह गरिरहने प्रणगर्दै अगामी दिनमा यहाँहरुको सहयोग, माया र स्नेह प्राप्त भइरहनेमा विश्वस्त छौ ।अन्तमा फेरी एक पटक सम्पूर्ण सञ्चारकर्मी, कर्मचारी , प्राविधिक, बिक्रेताहरुमा हार्दिक बधाई ज्ञापनगर्दछौ ।


