२०७८ जेष्ठ ७, शुक्रबार २०:४४

विगत केहि दिन देखि कोरोना संक्रमीतको हटस्पट बन्दै गएको जनकपुरधाममा कोरोना संक्रमितको संख्या न्यून पार्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आफनो तर्फ पहललाई तिव्र वनाएको छ ।

केही दिन यता जनकपुरधाम उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या निक्कै बढन थालेपछि उपमहानगरपालिकाले स्वस्थ्यकर्मीहरुको आठवटा समूह बनाई केस इन्भिटिगेशन र कन्टेक्ट ट्रेसिङ्ग कार्य सञ्चालन गरेको छ । यस अन्तरगत स्वस्थ्य निर्देशनालयले जारी गरेको नगरभित्र कोरोना संक्रमितहरु को—कोसँग सम्पर्क गरेका हुन त्यसलाई चेकजाँच गरी आइसोलेशनमा राख्ने र उनीहरुको स्वास्थ्यलाई ख्याल गर्न स्वस्थ्य टोली परिचालन गरेको छ । नगरभित्रमा कोरोना पोजेटिभ भएर होम आइसोलेशनमा बस्दै आएकाहरुलाई उपहानगरपालिकाले घरसम्म औषधीका साथै अण्डा, स्याउ, दुग्ध, हरासागसब्जी, लहसुन, आदी, दाल, चावल, प्याज, खाने तेल लगायतको सामाग्रीहरुको व्यवस्थापन गरेको बताइएको छ । जनकपुारधाम उपमहानगरपालिकाले शुक्रवार सोसल डिस्टान्स सहित वैठकको आयोजना गर्दै गठन गरिएको पाचवटा समुहले गरिएको प्रगति विवरणको बारेमा जानकारि लिइएको छ । जानकारि अनुसार कोरोना संक्रमणबाट सबै भन्दा बढि प्रभावित वार्ड नं ८ रहेको छ ,वार्ड नं ८ मा १५९ संक्रमीत रहेको छ । त्यसैगरि जनकपुरधाम उपमहानगरपालीकाको वार्ड नं १ मा १४०,वार्ड नं ४ मा १२४,वार्ड नं २ मा ११७,वार्ड नं ९ मा १०१ संक्रमीत रहेको जनाइएको छ ।

बैठकमा कोरोना संग जुध्नका लागि उपमहानगरपालिका तयार रहेको र जनकपुरधामलाई कोरोना मुक्त वनाउनका लागि गठन भएका टिमलाई इमान्दारीतका साथ लाग्न र नगरवासीलाई सकभर सहयोग गर्न नगर प्रमुख लालकिशोर साहले आग्रह गरेका थिए । छलफलमा कोरोनालाइ परास्त गर्नका लागि नगर प्रमुखले देखाएको अग्रसरताबाट टिमलाई काम गर्नमा जोस जागर जागेको भन्दै कोभीड माहामारीमा नगर प्रमुखले आफुहरुलाई गरेको सहयोग प्रति टिमले धन्यवाद समेत दिएका थिए ।

जनकपुरधाम उपमाहानगरपालिकाका प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको वैठकमा प्रमुख प्रशासकीय अधिकृत विनोद ढकाल,जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मनोज चौधरी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय धनुषाले बैशाख २१ गतेदेखि जनकपुरधाममा बन्दाबन्दी गरेका छन । बन्दाबन्दी गरेको दुई हप्ता नवित्दै जनकपुरधाममा कोरोना संक्रमितको संख्या १४ सय बढी पुगेको छ भने धनुषामा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या दुई दर्जन बढी पुगेको हो ।

Comment


Related News

Latest News

Trending News