२०७८ जेष्ठ ७, शुक्रबार २०:५४

जनकपुरधाममा जग्गाको विषयलाई लिएर दुई पक्षविच कुटाकुट हुदा ४ जना घाइते भएको छ ।

जनकपुरधाम वार्ड नं १८ महुवा टोलमा पसल संचालनको विषयमा वादविवाद भई कुटाकुट हुदा ४ जना घाइते भएको छ । घाइते हुनेमा एक जनाको अवस्था गम्भीर रहेको छ । चिरपट प्रहारबाट गम्भीर घाइते मध्ये दिपेन्द्र मण्डललाई गम्भीर चोटपटक लागेको छ ,उनको टाउको छाती,अनुहार लगायतमा गम्भीर चोट लागेको छ भने मण्डलकै आफनै काका हंसराज मण्डलको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । घाइतेहरु प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत रहेको छ ।घाइते मध्ये लुटन मुखियाको हात भाचेको छ भने ललित मण्डलको अवस्था समान्य रहेको छ । महुवा टोलमा गत जेठ ४ गते राती ९ बजे आफनै छिमेकी चन्देश्वर मुखिया सहित ९ जना व्यक्ति अचानक बासका भाटा र चिरपट प्रहार गरि आफुलाई मार्ने उदेश्यले पिटपाट गरेको दिपेन्द्र मण्डलले आरोप लगाए ।पहिले देखि नै छिमेकी मण्डलसंग बादविवाद हुदै आएकोमा मंगलवार राती आफनो घरको दलानमै रहेको अवस्थामा मण्डल र उनकै नाता गोता पर्ने ९ जना सहित आफुमाथि जाई लागेको र बचाउनका लागि आएका आफना काका सहितका व्यक्तिहरुमाथि समेत कुटपिट गरि घाइते वनाएको आरोप लगाए ।

घाइते दिपेन्द्र मण्डल र हंसराज मण्डललाई इमरजेन्सी वार्डबाट सारेर जेनरल वार्डमा राखिएको छ । दिपेन्द्र मण्डलको टाउको गम्भीर चोटपटक लागेको छ अहिले सम्मको अवस्था ठिकै छ तर उनलाई वाचमा राखिएको र एक दुईदिन पछि मात्र भन्न सकिने डक्टर राजीव रंजनले वताए । उनका अनुसार इन्टरनल इन्जरी नभएपनि एक दुइदिन उनलाई चिकित्सकको देखभालमै राख्नुपर्ने वताए ।

यता घाइते मण्डल परिवारले ज्यानमार्ने उदेश्यले नै गरिएको कुटपिट घटनाको छानवीन गरि दोषीमाथि कारवाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएको छ ।कोरोना महामारीका कारण निषेधाज्ञा लगाइएको समयमा गैगवार जस्तो घटना हुनुभनेको सुरक्षा निकाय सम्वेदनशिल नरहेको भनि स्थानियवासीहरुले आरोप लगाएका छन ।

Comment


Related News

Latest News

Trending News