अपडेट 
२०७८ जेष्ठ ८, शनिबार ०७:३८

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावकाे घोषणा गर्नुभएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गते चुनावको घोषणा भएको हो । यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधि सभा भङ्ग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यो धारामा ‘धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने’ भन्ने उल्लेख छ । 

प्रतिनिधि सभा भङ्ग गर्नुअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी अस्वीकार गर्नुभएको थियो । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेस गर्न आह्वान गरेपछि ओली र देउवाले दाबी पेस गर्नुभएको थियो ।

Comment


Related News

Latest News

Trending News