२०७८ जेष्ठ ८, शनिबार ०७:५८

दोश्रो भेरियन्टको कोरोना तिव्र रुपमा पैmलिन थालेपछि धनुषाको सबैला नगरपालिकाले नगरबासीलाई योगभ्यास गराउने भएको छ ।

योगभ्यास गर्दा कोरोनाको संक्रमण नहुने बताइएको छ । नगरबासीको ज्यान रक्षा गर्न नगरपालिकाले कुनै कसर बाँकी नराख्ने मेयर विजयशंकर साहले बताए । मेयर साहका अनुसार नगरबासीलाई वाष्पिकरण र काढाको समाग्री नगरबासीलाई वितरण गरेको छ । खालीपेटमा काढा पिउदा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ उनले भने–‘त्यसैले नगरबासीलाई आयुर्वेदको विभिन्न समाग्रीहरु वितरण गर्न लागेको छ ।’ नगरबासीमा घरबाहिर ननिस्कनको लागि आग्रह गदै कोरोना भाइरस विरुद्ध अभियान अगाडी बढाउने उनले थपे । समाजिक दूरी कायम गरेर यस्तो समाग्रीहरु वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News