२०७८ जेष्ठ ८, शनिबार ०८:०१
लहान। संघीय सरकारका कानून, न्याय र संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले सिरहामा संक्रमितहरुको उपचारमा प्रयोग गर्न अक्सिजन सिलिण्डरसहितका समान पठाएका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको आग्रहमा मन्त्री श्रेष्ठले १० थान अक्सिजन सिलिण्डर, १० थान रेगुलेटर र कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने ९० थान रेम्डिसिभर भाइल सिरहा पठाएका हुन् । उत्तक्त समान आवश्यताको आधारमा प्रमुख जिल्ला अधिकारीले वितरण गर्ने बताइएको छ । यसअघि मन्त्री श्रेष्ठले कर्जन्हामा रहेको फुलकुमारी महतो मेमोरियल अस्पतालमा कोरोना संक्रमितका उपचारका लागि ४८ थान रेम्डिसिभर भाइल पठाएको थियो । उनले सिरहाका कोरोना संक्रमितको उपचारमा समस्या नहोस् भनेर निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।


