अपडेट 
२०७८ जेष्ठ ८, शनिबार ०८:०८

जनकपुरधाम । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश २ मा १०४ महिलासहित ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रवार पनि सबभन्दा बढी धनुषामै संक्रमित भेटेका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार धनुषामा १२२ जना, महोत्तरीमा ६३ जना, सिरहामा ४ जना, सप्तरीमा २९ जना, रौतहटमा ३७ जना, सर्लाहीमा ८ जना, बारामा १३ जना, र पर्सामा ३७ जना संक्रमित थपिएका छन् । साथै यस प्रदेमा बस्ने अन्य जिल्लाका २ जनामा पनि संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा ३८४ जनाको नमूना परीक्षण गर्दा १७५ जनामा संक्रमण देखिएको छ । यस्तै गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल सप्तरीमा २३ वटा नमूना परीक्षण गर्दा ६ जना र ६३ वटा नमूना एन्टिजेन विधिबाट परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भउको छ । जलेश्वर अस्पतालको पिसिआर ल्याबमा वैशाख ५ र ६ गतेको विवरण अनुसार ८१ वटा नमूना परीक्षण गर्दा २५ जना र गौर अस्पतालमा १७४ नमूना परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको छ । गौरमै एन्टिजेन विधिबाट २ वटा नमूना परीक्षण गर्दा २ जनामा पोजेटिभ आएको छ । नारायणी अस्पताल वीरगञ्जमा २८८ नमूना परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस प्रदेशमा कुल २ ९ हजार १०९ जना संक्रमित भएकोमा हालसम्म १९ हजार ९५ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा शुक्रवार मात्रै २९२ जना निको भएर घर फर्केको निर्देशनालयले जनाएको छ । कोरोनाको दोस्रो लहर सुरु भएदेखि हालसम्म सप्तरीमा २८ जनाको मृत्यू भएको छ । योसहित यस प्रदेशमा कोरोनाले मृत्यू हुनेको संख्या ५०३ पुगेको छ । अहिले ९५११ जना सक्रिय संक्रमित छन् ।

Comment


Related News

Latest News

Trending News