अपडेट 
२०७८ जेष्ठ ९, आईतवार ०६:५५

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार ५ सय १७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १० हजार ५१७ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ६२ हजार ६७७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण क्रमिक रूपमा घटिरहेकाे विश्व स्वास्थ्य संगठनकाे अपडेटले देखाइरहेकाे छ । हालसम्म विश्वभर १६ करोड ७० लाख  २८ हजार ३१६ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड ७९ लाख ८४ हजार १२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ७ लाख भन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन् । आइतवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३४ लाख ६८ हजार ५३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ६ हजार १५३ जनाको ज्यान गएको छ । १ लाख १५ हजार ८०६ सक्रिय संक्रमित रहेका छन् भने ५ लाख ५ हजार ६४३ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ३ लाख ८३ हजार ६८४ जना संक्रमित निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News