अपडेट 
२०७८ जेष्ठ ९, आईतवार ०६:५७

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएपछि आयोगले तयारी स्वरूप आजबाट मतदाता नामावली दर्ता राेक्न लागेकाे छ ।

निर्वाचनका लागि कानुनी प्रावधानअनुसार आयोगले काम अगाडि बढाउनुपर्ने भएकाले मतदाता नामावली दर्ता राेकन लागेकाे हाे । प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार निर्वाचन घाेषणा भएपछि मतदाता नामावली स्वत राेकिने छ ।  “निर्वाचन घोषणा भएदेखि मतदाता नामावली दर्ता रोक्नुपर्ने कानुनी व्यवस्था छ । तसर्थ आइतबारबाट यो कार्य रोकिने छ ।” थपलियाले भन्नुभयाे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिलेको अवस्था र निर्वाचन गर्नुपर्ने कारणलगायतका विषयमा प्रधानमन्त्रीसँग छलफल गरिएको जानकारी दिँदै तुरुन्तै निर्वाचन व्यवस्थापनको काम थाल्ने विषयमा कुराकानी भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, “निर्वाचन आयोग भोलिदेखि नै आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्न क्रियाशील हुनेछ ।” आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ ।

Comment


Related News

Latest News

Trending News