अपडेट 
२०७८ जेष्ठ ९, आईतवार ०७:०५

कोरोना सङ्क्रमणको उपचार गरेको ६ हप्ताभित्र बिरामीहरूलाई ब्ल्याक फङ्गस अर्थात कालो ढुसीको उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्स्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् ।

ढुसी सङ्क्रमण नभइ विभिन्न कारण हुने गरेकामा कोरोना सङ्क्रमणका कारण पनि हुने गरेको एम्सका न्यूरोसर्जरीका प्राध्यापक डाक्टर पी शरदचन्द्रले बताउनुभएको समाचारसंस्था एएनआइले जनाएको छ । मधुमेह नियन्त्रण हुन नसक्दा र बिरामीलाई भेन्टिलेसनमा राखेर पूरक अक्सिजन दिँदा यो सङ्क्रमण हुनसक्छ । यही कारण कोरोना सङ्क्रमितलाई पनि ६ हप्ताभित्र ब्ल्याक फङ्गस देखिने जोखिम रहेको उहाँले बताउनुभयो । सिलिन्डरबाट चिसो अक्सिजन दिँदा यसले बिरामीहरूमा चिसोका कारण ब्ल्याक फङ्गसजस्ता समस्या आउने उहाँको भनाइ छ ।

ब्ल्याक फङ्गसलाई भारतका राजस्थान, गुजरात, पञ्जाब, हरियाणा, कर्नाटक, ओडिसा, तेलङ्गना र तमिलनाडू जस्ता राज्यहरूले महामारी रोग ऐनअन्तर्गत सूचीकृत गरिसकेका छन् ।

Comment


Related News

Latest News

Trending News