जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहनामा चिकित्सकहरुको टोलीले शनिबार कोभिड–१९ विरुद्ध सर्वसाधारणमा जनचेतना कार्यक्रम गरेका छन् ।
एकता समाज सेवा यूवा क्लव र प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकहरुको टोलीले लोहनावासीलाई कोरोना बारे जागरुक गराएका छन् । धनुषामा पनि कोरोना विरामीको संख्या बढ्दै गएकोले यस रोगबाट सचेत रहन अस्पताल डा. रमेश यादवले सबैलाई अपील गरेका छन । लोहनामा घरदैलो गर्दै ५ जना चिकित्सकहरु रहेको टोलीले सबैलाई मास्क स्यानिटाइजर साबुन पानीले बारम्बार हात धुनाले यस रोगबाट कम खÞतरा हुनाले सबै व्यक्तिले यसलाई अपनाउन अपील गरे । डा. यादवले भने उनी कोरोना विरामीहरूलाई अस्पतालमा उपचारको जम्मा पाएकाले विरामी रोगका कारण अस्पतालमा बिरामीको चाप धेरै भएको र यसको जोखिम कम गर्न जनतालाई सयमित रहन जागरूक हुन उनले अपील गरे । यसतै स्थानियले डा. असरफ हुसैनले लोहनावासीलाइ आग्रह गर्दै भने समाजिक दुरी मास्क र स्यानिटाइजर प्रयोग गर्न भन्दै यस रोगलाई थप भयावह नहुन दिनको लागी सबैलाई सतर्क रहन आगरह गरे । स्थानिय क्लब पदाधिकारी मो. अरसद, मो. अनवर, मो. लगायतका युवाहरु उपस्थित रहेका थिए ।


