२०७८ जेष्ठ ९, आईतवार ०७:४८

क्लोथ बैंक नेपालले जनकपुरधामका दुई अस्पताललाई कोरोना विरुद्धको औषधी हस्तान्तरण गरेको छ ।

क्लोथ बैंक नेपालले विश्व स्वास्थ्य संगठनले तय गरेको औषधीहरु प्रादेशिक अस्पताल जनकपुरधाम र जानकी मेडिकल कलेजमा उपचारार्थ विरामीलाई प्रयोग गर्ने गरि औषधी प्रदान गरेको हो । शनिवार क्लोथ बैंक नेपालको कार्यालयमा अस्पतालका सम्वन्धित व्यक्तिलाई बोलाएर औषधी हस्तान्तरण गरेको हो । बैंकका अध्यक्ष राजीव झाका अनुसार दुवै अस्पतालले निशुल्क सेवा प्रदान गर्दै आएकोमा सरकारको कोभिड विरुद्धको अभियानमा यी अस्पतालले गरेको योगदानलाई अझै सहयोग पुरयाउने हेतु औषधी प्रदान गरिएको बताए ।

Comment


Related News

Latest News

Trending News