२०७८ जेष्ठ ९, आईतवार ०७:५३
प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी नेपालका युवाहरुले शनिबार जनकपुरमा प्रदर्शन गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल धनुषाका उपाध्यक्ष अम्भु प्रसाद साहको नेतृत्वमा युवाहरुले शनिबार जनकपुरको जनकचोकमा विरोध प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले शुक्रबार मध्यराति दोश्रोपटक प्रतिनिधिसभा विघटन गरेका थिए । प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमनकारी बताउँदै युवाहरु सडकमा उत्रेका हुन् । उनीहरुले राष्ट्रपति भण्डारीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको भन्दै पुर्नस्थापनाको माग समेत गरेका थिए । समाजवादी युवा संघका धनुषा अध्यक्ष दिपेन्द्र कापडी, धर्मेन्द्र कुमार यादव(धिरु) लगायत युवाहरुको सहभागीता रहेको थियो ।


