अपडेट 
२०७८ जेष्ठ ९, आईतवार १४:१३

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का  अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ सांसदसँग स्पष्टीकरण माग गर्नुभएकाे छ ।

अध्यक्ष ओलीले नेपाल समूहका ११ जना सांसदलाई २४ घण्टे स्पष्टिकरण माग गरिएकाे पत्र पठाउनुभएकाे हाे । ओलीले प्रत्येक्षतर्फका सांसदहरु माधवकुमार नेपाल, झलनाथ खनाल र भीम रावल तथा ९ जना समानुपातिक सांसदहरुलाई २४ घण्टे समयसीमा तोकेर स्पष्टिकरण पत्र पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएकाे छ । हिजाे बसेकाे एमाले स्थायी कमिटी बैठकले ११ सांसदसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेकाे थियाे ।

Comment


Related News

Latest News

Trending News