२०७८ जेष्ठ ९, आईतवार १४:५२

 तराई मधेशको लाइफलाइनको  रुपमा रहेको बहुचर्चित हुलाकी राजमार्ग अन्तर्गत सर्लाहीको मलंगवा-संग्रामपुर सितलपुर सडक खण्डमा निर्माण कार्य सुरु भएको छ ।

राई मधेसको विकासको मेरुदण्ड मानिने उक्त हुलाकी सडकमा  अहिले ग्रेभलिंङ्ग गरी धमाधम सम्याउने काम भइरहेको छ। करिब २३ करोड १८ लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको महोत्तरी जिल्लाको सिमाना सितलपुरदेखि सर्लाहीको सदरमुकाम मलंगवा  नगरपालिकाको वडा न-२ सम्मको १५ किलोमिटरको सडकको निर्माण कार्य लकडाउनको समयमा सुरु गरिएको  ठेकेदार कम्पनीका प्रतिनिधि यादव सरकारले जनाएको छ । १५ किलोमिटर लम्बाई र १० मिटर चौडाई सडकमा ७ मिटर चौडाई कालोपत्रे गरिने भएको उक्त सडक आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म भित्र  निर्माण सम्पन्न गर्नका लागि हिम दुंङ ठोकर हिरा एण्ड नमिता जेभी ठेकेदार  कम्पनीले जिम्मा लिएको छ । पहिलो चरण अन्तर्गत साउन मसान्तभित्र ३ किलोमिटर सडकको कालोपत्रे गरिने र त्यसपछि दोस्रो चरणमा मलंगवासम्मको १२ किलोमिटर सडक कालोपत्रे गरिने ठेकेदार कम्पनीका प्रतिनिधि सरकारले जानकारी दिए । वर्षौंदेखि निर्माणको पर्खाइमा रहेको  जिर्ण अवस्थाको यो सडकमा वर्षातको मौसममा हिलो,पानी र सुख्खा मौसममा धुलोको समस्या रहेको थियो ।अब बल्ल आएर निर्माणकार्य सुरु भएपछि  हिलो, पानी र धुलोको मार खेप्दै आएका यस क्षेत्रका बासिन्दाहरुलाई केही राहत महसुस भएको छ ।सर्लाही जिल्लालाई महोत्तरी जिल्ला सँग जिड्ने यो हुलाकी सडकको १५ किलोमिटर दुरी पार गर्न दुईचक्के र चारचक्के सवारीसाधनलाई १ घण्टादेखि सवा घण्टाको समय लाग्दै आएको छ ।सडक कालोपत्रे भइसकेपछि उक्त दुरी तय गर्न मात्र १५ मिनेट समय लाग्ने छ ।

हुलाकी सडक निर्माण भइसकेपछि महोत्तरी जिल्लाको विभिन्न ठाउँ ,सिमावर्ती भारत लगायत सर्लाहीका ३ दर्जनभन्दा बढी गाउँ बस्तीका बासिन्दालाई सदरमुकाम मलंगवा बजार आवत जावतमा सहज हुनेछ । हुलाकी सडक जीर्ण भएकै कारण ती क्षेत्रका बासिन्दाहरु वर्षातको समयमा पुर्व-पश्चिम राजमार्गको लालबन्दी हुँदै करिब ५० किलोमिटर दूरी तय गरी सदरमुकाम मलंगवा पुग्न बाध्य छन् ।यो सडकको निर्माण सम्पन्न भएसँगै प्रदेश न-२ को अस्थायी  राजधानी जनकपुर र महोत्तरीको सदरमुकाम जलेश्वरसम्मको दुरी पनि कम हुने छ ।     कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धि सम्पुर्ण मापदण्ड अपनाएर काम भइरहेको उक्त हुलाकी सडकको निर्माणकार्य प्रति स्थानीयहरु सकारात्मक देखिएका छन्।

Comment


Related News

Latest News

Trending News