अपडेट 
२०७८ जेष्ठ ९, आईतवार १५:२५

प्रदेश नं २ सरकारले जनकपुरधामको मणिपाल शिक्षण अस्पतालको खाली भवनलाई जिर्णोद्धार गरि कोभीड विशेष अस्पताल वनाउने घोषणा गरेको १८ दिन पुगेपनि अहिले सम्म तयारी नपुगेको देखिएको छ ।

गत वैशाख २२ गते प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री स्वच्छता अभियानका प्राविधिक भगवानको झाको अगुवाईमा गएको टोलीले मणीपाल शिक्षण अस्पातलको निरिक्षण गर्दै २१ दिन भित्रमा सुविधा सम्पन्न कोभीड विशेष अस्पताल निमार्ण गरिने प्रतिवद्धता जनाएका थिए । सय वेड क्षमताको हुने सो अस्पतालमा २० बेड क्षमताको आइसीयु समेत निमार्ण गरिने घोषणा गरिएको थियो । कोभीडका विरामीहरुका लागि वनाइने भएको सो अस्पतालका लागि कुनै किसीमको सम्झौता नगरिने वताउदै इन्जिनियर झाले सरकारले तोकेको १५ दिनमा सात दिन थप गर्दै २१ दिनमा प्रदेशकै सुविधा सम्पन्न कोभिड विशेष अस्पताल निमार्ण गरिने वताएका थिए ।

तर घोषणा गरिएको १८ दिन पुगेको र तोकिएको समयसीमा समाप्त हुन ३ दिन मात्र बाकि छदा अहिले सम्म सरसफाईको जारी नै रहेको देखिएको छ । सरसफाईमा लागेको ठेकेदारका अनुसार आफुहरुले वैशाख २९ गते देखि काम गर्न सुरु गरेपनि अहिले सम्म कुनै किसीमको समझौता समेत नभएको र आइतवार आज प्रदेश सरकारसंग सम्झौता हुने भएको वताए । यता काममा लागेका टेक्निसीयनहरुका अनुसार अहिल झयाल ढोका लगाउने काम भएको र रंग रोगन पछि कसरी व्यवस्थित गरिने कुरा हुने भएकोले अहिले पनि आइसोलेसन संचालन गर्नका लागि १० देखि १५ दिन लाग्ने जानकारि दिए ।

कुल ३६ वटा कोठा रहेको सो अस्पतालमा १२ वटा कोठामा विभिन्न किसीमको समान रहेको कारण प्रयोग गर्न वन्देज गरिएको छ भने बाकि २४ वटा कोठालाई कोभिड विरामीहरुकालागि प्रयोग गरिने वताइएको छ । यता प्रदेश नं २ विगत केहि दिन देखि कोरोनाको जोन वन्दै गइरहेको अवस्था छ । वितेको २४ घण्टामा प्रदेश २ मा ४६४ संक्रमीत फेला परेको छ भने प्रदेशको धनुषा,महोत्तरी,सिरहा ,सप्तरी,पर्सा हाइ रिक्समा रहेको जिल्ला मध्ये रहेको छ ।

Comment


Related News

Latest News

Trending News