अपडेट 
२०७८ जेष्ठ १०, सोमबार ०७:०१

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ९ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ९ हजार ३८७ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ४ लाख ६५ हजार ५६९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण क्रमिक रूपमा घटिरहेकाे विश्व स्वास्थ्य संगठनकाे अपडेटले देखाइरहेकाे छ । त्यस्तै, संक्रमणबाट मृत्यु हुनेकाे संख्या पनि घटिरहेकाे छ । हालसम्म विश्वभर १६ करोड ७५ लाख  ३ हजार ५६९ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड ८५ लाख ७८ हजार ५४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ८ लाख भन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन् । साेमवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३४ लाख ७७ हजार ७१० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ६ हजार ३४६ जनाको ज्यान गएको छ । १ लाख १५ हजार ५४७ सक्रिय संक्रमित रहेका छन् भने ५ लाख १३ हजार २४१ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ३ लाख ९१ हजार ३४८ जना संक्रमित निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News