अपडेट 
२०७८ जेष्ठ १०, सोमबार ०७:३८

‘समाजवाद’ नै नेपालका राजनितिक दलहरुको मूल राजनीतिक सिद्धान्त रहीआएको छ । बेलाबखत यस शब्दको चर्चा पनि गर्ने गरिन्छ तर यिनीहरु व्यवहारमा भने अब समाजवादको नीतिभन्दा कोशौं टाढा गइसकेका छन । सभा, गोष्ठी एवं चुनावी सभामा पार्टीका नेताहरु ‘समाजवाद’को चर्चा गर्ने गर्दछन् तर त्यो पनि औपचारिकतामा मात्रै सीमित रहने गर्दछ । सैद्धान्तिक रुपमा नै पार्टीले खुला अर्थतन्त्रको नीतिलाई आत्मसात गरिसकेको कारण यो मुद्दा अब ओझेलमा पर्न गएको छ जस्तो देखिन्छ । नेपाली काङ्ग्रेसले अहिलेसम्म महान समाजवादी नेता डा. राममनोहर लोहियाको ‘समाजवाद’को सिद्धान्तलाई आत्मसात गर्दै आएको हो । यो उसको मूलमन्त्र पनि थियो तर अब भरसक पार्टीले यसलाई तिलाञ्जलि दिइसकेको छ कि ? जस्तो लागिरहेको छ । पूर्व सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको निधनस“गै नेपालको राजनीतिबाट सैद्धान्तिक राजनीतिको पनि बिदाइ भइसकेको छ भन्दा अतिशयोक्ति नहोला ।

नेपाली काङ्ग्रेसको निम्ति र यसका नेताहरुको निम्ति समाजवादको सिद्धान्त एकादेशको कुरा हुन सक्दछ तर विश्वमा जहा“ पनि भेदभाव एवं असमानता रहने छ त्यहा“ लोहियाको विचारको सान्दर्भिकता रही नै रहनेछ । एक्काइसौं शताब्दीमा पनि लोहियाको विचार सान्दर्भिक नै छ । दक्षिणी छिमेकी भारत स्वतन्त्र भएपछि दुईवटा मुद्दा ‘लोकतन्त्र’ तथा ‘समानता’लाई सर्वाधिक महŒवपूर्ण मानिएको थियो । नेपालमा पनि राणा शासनको समाप्तिपछि उपरोक्त दुई मुद्दालाई नै महŒवपूर्ण मानिएको थियो । तर आधुनिक विकासको नाममा समानताको अवधारणा ओझेलमा पर्दै गएको देखिन्छ । डा. राममनोहर लोहियाले धन तथा जग्गा (धर्ती)को मात्रै कुरा गरेका थिएनन् उनले त सप्तक्रान्तिको आह्वान गरेका थिए जसमा पहिलो थियो महिला एवं पुरुषबीचको समानता, दोस्रो थियो छालाको रड्डको आधारमा राजकीय, आर्थिक एवं मानसिक असमानताको विरोध, तेस्रोमा संस्कारगत अर्थात् जन्मजात जातिप्रथाको विरोध र पिछडिएका लागि विशेष अवसरको व्यवस्था, चौथोमा विदेशी दासताको विरोध तथा स्वतन्त्रता, पा“चौमा निजी पू“जी असमानताको विरोध तथा आर्थिक समानता एवं योजनाद्वारा उत्पादन वृद्धि गर्नु, छैठौंमा निजी जीवनमा अन्यायपूर्ण हस्तक्षेपको विरोध तथा लोकतान्त्रिक पद्धति एवं सातौंमा अस्त्र–शस्त्रको विरोध तथा सत्याग्रह जस्ता गम्भीर विचारबाट प्रतिपादित यी सूत्रहरु यस्ता खालका छन् जसले पूरै विश्वलाई परिवर्तन गरेर मानिसलाई दासताको मानसिकताबाट मुक्त गर्न सक्दछ । वर्तमानको अन्यौलपूर्ण एवं सिद्धान्तविहीन राजनीति युगमा लोहियाको विचारमाथि गम्भीरतापूर्वक विचार गर्नु आवश्यक छ । नेपाली काङ्ग्रेसका नेता एवं कार्यकर्ताहरुले उपरोक्त सात सूत्रस“ग आप्mनो कर्तव्य एवं व्यवहारलाई दा“जेर हेर्नुपर्दछ तथा स्वयं आपैंmले आप्mनो मूल्याड्ढन गर्दा पनि हुन्छ ।

डा. लोहियाले भनेका थिए कि यी सातवटै क्रान्तिहरु एकैसाथ संसारमा हुने गर्दछ । उनको विचारमा संसारमा जहा“ पनि दुःख, गरिबी, पराधीनता, असमानता एवं पीडाको अवस्था भए त्यो हाम्रँे सभ्यताको निम्ति लाजको विषय हुनुपर्ने हो । नया“ संसारको निर्माणको सपना देख्दा पनि उनले आप्mनो सांस्कृतिक धरोहरहरुको महŒवलाई चिनेका थिए । नदीहरुको सफाइ, हिमालय बचाउ, भाषा– नीति, रामायण मेला, भारत विभाजनका दुःखद अवस्था, अर्थशास्त्र माक्र्सभन्दा पनि अग्रगामी इतिहास तथा नियतिको विषयमा उनी एकैसाथ सोच्न र बोल्न सक्दथे । लोकतन्त्र एवं समाजवादलाई उनी एउटै सिक्काको दुईवटा पाटो ठान्ने गरेका थिए । लोहिया स्वयं गा“धीको सत्याग्रह एवं अहिंसाका कट्टर समर्थक थिए तर गा“धीवादलाई उनी अधूरो दर्शन मान्दथे । उनी समाजवादी थिए तर माक्र्सलाई एकाड्ढी ठान्दथे । उनी राष्ट्रवादी पनि थिए तर विश्व सरकारको सपना पनि हेर्दथे तर आधुनिक सभ्यता बदलियोस् भन्ने पनि चाहन्थे । उनी विद्रोही तथा क्रान्तिकारी पनि थिए तर शान्त एवं अहिंसाका घोर उपासक पनि थिए । उनी कहिल्यै कुनै ठूलो पदमा पुगेनन् तर पनि उनको स्वीकार्यता एवं व्यक्तित्व निकै अग्लो थियो । उनका विचारहरु देशका बुद्धिजीवीहरुलाई सधैं नै केही सोच्न बाध्य पारिरहेको हुन्थ्यो । देहावसानको बेलामा उनले भनेका थिए कि अन्य व्यक्तिहरुको सम्पत्तिलाई तिनका वारिस (सखा सन्तान)ले सम्हाल्ने छन् तर मेरो विचारलाई सम्हालेर अगाडि बढाउने व्यक्ति नै मेरो वारिस हुनेछ । डा. लोहियाको आप्mनो कुनै घर थिएन, आश्रम पनि थिएन, कुटी पनि थिएन, सारा देश नै उनको घर थियो । पार्टीको कार्यालय नै उनको आश्रम थियो तथा देशका सारा गरिबहरुको झुप्रो नै उनको कुटी थियो । उनले आप्mनो जन्मदिनलाई कहिल्यै पनि मनाएनन् तर उनको जन्मदिन मनाउन खोज्नेहरुलाई यति मात्रै भन्ने गर्दथे कि यो दिन मेरो जन्मका कारण महŒवपूर्ण भएको होइन, अपितु क्रान्तिकारीहरुको शहादतका कारण महŒवपूर्ण हुन गएको हो ।

लोहियाको अनुयायी बन्नु सजिलो छैन । पार्टीको नामको अगाडि अथवा पछाडि लोहिया शब्दमात्रै राखिदिनु लोहियावादी हुनु होइन । डा. लोहियाले गा“धीवादी नीति, अर्थ एवं श्रम बीचको परस्पर सम्बन्ध, किसान एवं मजदुरको हित तथा हाम्रा समाज एवं विश्वमा विद्यमान असमानताका कारणहरुलाई ध्वस्त पार्दै उनले जीवनभरि सङ्घर्ष गरेका थिए ‘लोकतन्त्र किताब एवं समाजवाद’ किताबहरु, नारा तथा कानुनमा मात्रै सीमित नरहेर स्वाधिन नागरिकको आचरणमा देखिनु पर्दछ । स्वाधीनता एक आचरण पनि हो, संयम पनि मर्यादा पनि र अर्काको स्वाधिनताको रक्षा गर्नु पनि । डा. लोहिया यस कुरालाई आप्mनो व्यवहार एवं विचारबाट प्रत्येक स्तरमा चरितार्थ गरी देखाउने विलक्षण संस्कृति चिन्तक राजनेता तथा धरातलमा आधारित कार्यकर्ता पनि थिए । डा. लोहियाको मान्यता थियो कि किसानहरुको जग्गाको मूल्यमा कुनै पनि विकासलाई स्वीकार्य गर्न सकिंदैन । ठूलठूला मेसिन एवं उद्योगधन्दाहरुलाई असिंचित एवं खेतीको निम्ति अनुपयोगी जग्गाहरुको मात्रै प्रयोग गर्न दिइनु पर्दछ । लोहियाको विचारमा जुन जग्गाबाट एउटा किसानको अनेकौं पुस्तालाई पालन–पोषण हुन सक्दछ त्यसबाट उसलाई वञ्चित गरी हामी खाद्यान्नको उपलब्धतालाई मात्रै कम गरिरहेका हु“दैनौं अपितु त्यस किसानको स्वावलम्बन, स्वाभिमान एवं स्वाधिनतामाथि सड्ढट उत्पन्न गरी एक गम्भीर सांस्कृतिक हानीको दिशामा बढिरहेका हुन्छौं । कानुनी शब्दहरु, लाभहानीका गणितभन्दा टाढा रहेर स्वाधिनता, उत्पादकता, धरातलीय यथार्थ एवं गहिरिंदो सांस्कृतिक सड्ढटको दिशामा कसैको पनि ध्यानकेन्द्रित हुन सकिरहेको छैन । आपूmलाई लोहियाको पक्का अनुयायी एवं शिष्य घोषित गर्नेहरुको भीड कम भएको छैन ।

यसको सङ् ख्या दिनानुदिन बढ्दै गएको छ । कतिपयले जातीय राजनीतिलाई नै लोहियाको सिद्धान्त मानिरहेका छन् जुनकि सरासर भूmटो एवं अन्याय हो । लोहियाको सिद्धान्तलाई अनुशरण गर्नु सजिलो छैन । केवल नेता अथवा विचारकको नाम जप्दैमा मात्रै त्यसको अनुयायी पनि भइन्छ भन्ने सोच्नु दिवास्वप्न नै हो । नेपालमा मात्रै होइन दक्षिण छिमेकी भारतको विहार र केही दक्षिणी प्रान्तहरुमा पनि अहिले समाजवादी विचारधाराका नेताहरुकै पार्टीको नेतृत्वमा सरकार छ । नेपालमा नेपाली काङ्ग्रेसमात्रै होइन प्रायः सबैजसो मधेसवादी दलका नेताहरु पनि लोहियालाई नै आप्mनो आदर्श मान्ने गर्दछन् तर लोहियाको सिद्धान्त एवं विचारलाई भने यिनीहरुले तिलाञ्जलि दिइसकेका रहेछन् । एक्काइसौं शताब्दीमा पनि लोहियाको विचार त्यति नै सान्दर्भिक छ जतिकै पा“च–छ दशक अघिसम्म थियो । असमानता, गरिबी एवं अन्यायपूर्ण व्यवस्था रहेको ठाउ“मा लोहियाको विचार अवश्य पनि स्मरण गरिनेछ । नेपाली काङ्ग्रेसको महाधिवेशनमा लोहियाको विचारलाई स्मरण गर्ने, चर्चा गर्ने र नीति बनाउनुपर्ने कुरामा जोड दिने नेताहरु आपैंm असान्दर्भिक हु“दै गएका देखिए । दक्षिणी छिमेकी भारतमा आपूmलाई लोहियावादी बताउने नेता एवं कार्यकर्ताहरु लाखौं एवं करोडौं छन् । केही हदसम्म त्यस सिद्धान्तप्रति प्रतिबद्ध एवं समर्पित पनि हुन् । लोहियाको समाजवादी सिद्धान्त नेपालको सन्दर्भमा र नेपाली काङ्ग्रेसको सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक छ । समाजवादको मुद्दा नेपाली काङ् ग्रेसलगायत अन्य दलहरुको निम्ति पनि अमूल्य धरोहर सावित हुन सक्दथ्यो । समाजवादको मुद्दा आज पनि सान्दर्भिक छ ।

Comment


Related News

Latest News

Trending News