२०७८ जेष्ठ १०, सोमबार ०७:५३

डकैतीमा संलग्न रहेको भन्दै प्रहरीले घरमा छापा मार्दा पेस्तोल भेटिएपछि तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा लहान नगरपालिका १ मटियर्वाका २५ वर्षिय करण पूर्वे, सोही ठाउँका २२ वर्षिय संजय कुमार महतो र २४ वर्षिय धर्मेन्द्र महतो रहेका छन् । प्रहरीले करण पूर्वेको घरमा छापा मारेका थिए । सो क्रममा एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएको छ । पेस्तोल घरमा भेटिएपछि उनी तीनै जनालाई पक्राउ गरिएको सिरहाका डिएसपी शालिग्राम शर्माले जानकारी दिए । उनका अनुसार महतोद्वय पुर्वेका साथी हुन् ।केहि दिनअगाडी लहान नगरपालिका १ कृष्ण टोलका इन्द्रदेव ठाकुरको घरमा डकैती भएको थियो । उनको घरमा डकैती गरेकै आशंकामा करण पूर्वेको घरमा प्रहरीले छापा मारेको बुझिएको छ । पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्याल लहानमा राखेर अनुसन्धान थालिएको छ ।

Comment


Related News

Latest News

Trending News