२०७८ जेष्ठ १०, सोमबार १२:१३
धनुषामा जेठ १० गतेसम्म निषेधाज्ञा जारी रहेकोमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।
अब जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा कायम रहने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । कोरोना नियन्त्रण तथा रोकथाकलागि निषेघाज्ञा लागु गरिएतापनि संक्रमितको संख्यामा कमी नआएकोले निषेघाज्ञाको अबधी थप गरिएको हो । धनुषाका साथै सर्लाहीमा पनि एक साता निषेधाज्ञाको समय बढाइएको छ भने महोत्तरीमा १० दिन निषेधाज्ञा लम्बयाइएको छ ।



