२०७८ जेष्ठ १०, सोमबार १३:५२

पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र आज सोमबार चक्रवातमा परिणत भई मंगलबारसम्म अति शक्तिशाली चक्रवातमा परिणत हुने देखिएकोले त्यसको प्रभाव नेपालमा पर्न सक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त चक्रवातको असर नेपालको केही भू–भागमा पर्ने सम्भावना रहेकाले हिमाली भेगमा हिमपात समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आगामी तीन दिनसम्म पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल प्रदेश नं १ र प्रदेश नं २ का साथै देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Comment


Related News