अपडेट 
२०७८ जेष्ठ ११, मंगलवार ०७:०८

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ८ हजार ६ सय २२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ८ हजार ६२२ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ४ लाख ३३ हजार ६२८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण क्रमिक रूपमा घटिरहेकाे विश्व स्वास्थ्य संगठनकाे अपडेटले देखाइरहेकाे छ । त्यस्तै, संक्रमणबाट मृत्यु हुनेकाे संख्या पनि घटिरहेकाे छ । हालसम्म विश्वभर १६ करोड ७९ लाख  ६८ हजार ६२८ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड ९३ लाख ७५ हजार ६८४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ८ लाख भन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन् । मंगलर बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३४ लाख ८४ हजार ६६८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ६ हजार ५३१ जनाको ज्यान गएको छ । १ लाख १५ हजार ४४७ सक्रिय संक्रमित रहेका छन् भने ५ लाख २० हजार ४६१ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ३ लाख ९८ हजार ४८३ जना संक्रमित निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News