२०७८ जेष्ठ ११, मंगलवार ०७:३६

प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदेश २ का जिल्लाहरुमा विभिन्न दलहरुले गठबन्धन गरेका छन् । धनुषा, सिरहा, सप्तरी लगायतको जिल्लामा संसद विघटन विरुद्ध दलहरुको गठबन्धनले आन्दोलन गर्ने भएको छ । धनुषामा नेपाली काँग्रेसका सभापति महेशशंकर गिरी, नेकपा(माओवादी केन्द्र) का जिल्ला सचिव दिपक यादव, जसपा नेपालका जिल्ला अध्यक्ष पशुपति यादव र नेकपा एमाले माधव नेपाल समूहका जिल्ला अध्यक्ष रामचन्द्र पण्डितले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर संसद विघटनको विरुद्ध सबैलाई दृढता पुर्वक अगाडी बढ्न आग्रह गरेका छन् । प्रतिनिधिसभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदमलाई अलोकतान्त्रिक, असंवैधानिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी बताएका छन् ।

चार जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिगमनकारी कार्यका विरुद्ध एकजुट भएर अगाडी बढ्न आग्रह गरेका छन् । यस्तै, सिरहामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग जसपा नेपाल उपेन्द्र यादव पक्ष र नेकपा एमालेका माधव नेपाल पक्ष गठबन्धन गरेको हो । पाँचै दलका जिल्ला अध्यक्षले सोमवार संयुक्त विज्ञप्ती जारी गरेर राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोमा प्रतिनिधिसभा विघटन गरी मुलुकमा अन्यौल, राजनीतिक मुठभेड र अराजकता सिर्जन ागर्ने असंवैधानिक, स्वेच्छाचारी र प्रतिगामी कदमविरुद्ध एकजुट भई दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका हुन् । बैकल्पिक सरकार गठन हुने पर्याप्त आधार हुँदाहुँदै प्रतिनिधिसभाको विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, स्वेच्छाचारी र प्रतिगामी कदम भएको भन्दै उनीहरुले भत्र्सनासहित निन्दा गरेका छन् । ‘प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दा कोभिड–१९ महामारीका बेला मुलुक नयाँ राजनीतिक ध्रुबिकरण र मुठभेडतिर धकेलिएको छ’, विज्ञप्तीमा उल्लेख छ, ‘जसले मुलुक र नागरिक थप कष्ट झेल्नु पर्ने स्थिति सिर्जना गरिएको छ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते मध्यरातमा वैकल्पिक सरकार बन्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै संसद विघटन गरेकी थिइन् । उनको सो कदमले नेपाली जनताको कठोर संघर्ष र बलिदानीबाट प्राप्त नेपालको संविधानमाथि गम्भिर आघात पुर्याएको पाँच पार्टीको निष्कर्ष छ । यस्तै, सप्तरीमा पनि चारै दलले संयुक्त विज्ञप्ति जारी गरेर प्रतिगमनकारी कदम विरुद्ध एकजुट भएर अगाडी आउनको लागि आग्रह गरेका छन् ।

यस्तै, रौतहटमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल रौतहटले संयुक्त रुपमा राष्ट्रपति र प्रधानमन्त्री को असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोध गरेका छन् । कांग्रेस सभापति कृष्ण यादव , माओवादी केन्द्रका जिल्ला सचिव देवेन्द्र पटेल , एमालेका जिल्ला अध्यक्ष कमल यादव र समाजवादी पार्टीका प्रदेश सदस्य ब्रिज किशोर यादवले जेठ ७ गते मध्ये रातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले गरेको दोस्रो पटक संसद विघटनको कार्य लोकतन्त्र विरुद्ध भएको टिप्पणी गरेका छन् । संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा बैशाख २७ गते प्रधानमन्त्रीले असंवैधानिक रुपमा सदनको बैठक आव्हान गरि विश्वासको मत लिने नाटक गरिएको ठहर गरेको छ । पुनर्स्थापित प्रतिनिधि सभामा प्रधानमन्त्रीको विश्वास मत लिने नैतिकता नै नभएको जिकिर विज्ञप्तिमा गरिएको छ । प्रतिनिधि सभाका १४९ सदस्यको हस्ताक्षर सहित प्रधानमन्त्रीको लागि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पेश गरेको दावी प्रति कुनै छलफल नै नगरी एक पटक संसद विघटन गरि कार्तिक २६ र मङ्सिर ३ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचन संविधान विपरित रहेको भन्दै राष्ट्रपतिको कदमको घोर निन्दा गरिएको छ ।

चार राजनीतिक दलले नेपालको संविधान २०७२ संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म विपरित चालिएको असम्वैध्निक र अलोकतान्त्रिक कदमका विरुद्ध एक जुट भै प्रतिवाद गर्न आव्हान गरेका छन् । नेपालमा कोरोनाको संक्रमण तिब्र रहेकोले जनताको जीवनको रक्षा गर्ने बेलामा कायम रहेको प्रतिनिधि सभालाइ विघटन गरि निर्वाचनको घोषणा गर्नु देशलाइ आर्थिक संकटमा धकेल्नु दुष प्रयास मात्र रहेको टिप्पणी गरिएको छ ।

Comment


Related News

Latest News

Trending News