अपडेट 
२०७८ जेष्ठ १२, बुधबार ०७:०८

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार ७८१ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ९ हजार ६८९९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण क्रमिक रूपमा घटिरहेकाे विश्व स्वास्थ्य संगठनकाे अपडेटले देखाइरहेकाे छ । त्यस्तै, संक्रमणबाट मृत्यु हुनेकाे संख्या पनि घटिरहेकाे छ । हालसम्म विश्वभर १६ करोड ८४ लाख ९५ हजार ७३९ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १५ करोड १ लाख ४ हजार ५५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ११ लाख भन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन् । बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३४ लाख ९७ हजार ८७७ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ६ हजार सात सयकाे ज्यान गएको छ । १ लाख १७ हजार २६१ सक्रिय संक्रमित रहेका छन् भने ५ लाख २८ हजार ८४८ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ४ लाख चार हजार ८८७ जना संक्रमित निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News