अपडेट 
२०७८ जेष्ठ १२, बुधबार १२:५५

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको नयाँ मामिलामा सामान्य वृद्धि देखिएको छ ।

यहाँ मंगलबार २ लाख ८ हजार ७१४ व्यक्तिमा कोरोना पुष्टि भयो । यसअघि सोमबार नयाँ संक्रमितको आँकडा २ लाखभन्दा कम भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा २ लाख ९५ हजार ८५ जनाले कोरोनालाई जितेका छन् । यस्तै, मृत्युको आँकडाले सरकार र मानिसहरूका लागि चिन्ता बढाइदिएको छ । पछिल्लो २४ घण्टामा ४,१५९ संक्रमितको कोरोनाका कारण ज्यान गएको छ । मे महिनाको कुरा गर्ने हो भने २५ मध्ये १३ दिन दैनिक मृतकको आँकडा चार हजार पार भएको छ । यसअघि ७ मेमा ४,२३३, ८ मेमा ४,०९२, ११ मेमा ४,१९८, १२ मे मा ४,१२८, १३ मे मा ४,०००, १५ मेमा ४,०७७, १६ मेमा ४,०९८, १७ मेमा ४,३३४, १८ मेमा ४,५२९, २० मेमा ४,२०९, २१ मेमा ४,१९४ र २३ मेमा ४,४५४ मानिसहरुको मृत्यु भएको थियो ।

Comment


Related News

Latest News

Trending News