अपडेट 
२०७८ जेष्ठ १२, बुधबार १३:४६

प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचन घोषणा लगायत विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।

बुधवार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई भारतले नजिकबाट नियालिरहेको र ती नेपालको आन्तरिक मामिला भएको बताए । प्रवक्ता बागचीले भने- ‘नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम छ भन्ने भारतको विश्वास छ ।’ छिमेकी मित्रराष्ट्र भएको नाताले भारतले नेपालको शान्ति, समृद्धि र स्थायित्वको यात्रामा साथ दिने पनि जनाएको छ । प्रतिनिधि सभा विघटन र निर्वाचन मिति घोषणालाई लिएर नेपालमा भारतप्रति आरोप लागिरहेका बेला भारतीय विदेश मन्त्रालयले त्यसको जवाफ दिएको हो ।

Comment


Related News

Latest News

Trending News