अपडेट 
२०७८ जेष्ठ १२, बुधबार १६:४१

पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, नेपालमा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १४५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ८४५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यही अवधिमा थप ६७१६ जना निको भएका छन् ।

Comment


Related News

Latest News

Trending News