२०७८ जेष्ठ १३, बिहीबार ०७:३१

प्रदेश २ सरकारले संचालन गर्न लागेको मणिपाल विशेष कोभिड अस्पतालको कार्य अन्तिम चरणमा पुगेको छ ।

अस्पताल निर्माणका लागि टेण्डर भई निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ भने आवश्यक जनशक्तिको छनौट पनि भईसकेको छ । बुधबार समाजिक विकास मन्त्री नवलकिशोर साहले उक्त अस्पताल संचालन गर्न निर्देशन दिदै आवश्यक सहयोगको लागि विज्ञ समिति समेत गठन गरेका छन । जनकपुरधामस्थित समाजिक विकास मन्त्रीको अध्यक्षतामा बसेको वैठकले उक्त अस्पताल संचालन गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन । वैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, मधेश स्वास्थ्य प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद कुमार यादव, प्रादेशिक अस्पतालका मे. सु. डा. प्रमोद कुमार यादव लगाायतको उपस्थिति रहेको थियो ।

Comment

Related News

Latest News

Trending News