२०७८ जेष्ठ १३, बिहीबार १९:३५

वीरगंज बाट प्रहरीले स्रोत नखुलेको ५३ लाख ८० हजार नेपाली रूपैया सहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर ११ बस्ने वर्ष १९ का प्रकाश जैसवाल र बारा प्रसौनी गाउपालिका वडा नम्बर ६ बस्ने वर्ष २६ को शिव आनन्द गुप्ता रहेका छन । पर्सा प्रहरीले जैसवालको साथ बाट २४ लाख र गुप्ताको साथ बाट २९ लाख ८० हजार रूपैया बरामद गरेको हो । सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा वीरगंज स्थित BPC क्याम्पस छेउमा डेरा गरी बस्ने गुप्तासमेत निम्न २ जना व्यक्तिहरूले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको विषेश सूचना प्राप्त भएपछी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले निगरानी गरिरहेकोमा जैसवालले कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई निजले बोकेको झोला जाँच गर्दा झोलाभित्र नेपाली रूपैया २४ लाख फेला परेको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।

साथै शिव आनन्द गुप्ताको डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग भित्र लुकाइछिपाई राखिएको नेपाली रूपैया २९ लाख ८० हजार थप फेला परेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । स्रोत नखुलेको ५३ लाख ८० हजार रूपैया बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News