अपडेट 
२०७८ जेष्ठ १४, शुक्रबार ०६:५४

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार २ सय २३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार २२३ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख २२ हजार ५८३ सयमा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण क्रमिक रूपमा घटिरहेकाे विश्व स्वास्थ्य संगठनकाे अपडेटले देखाइरहेकाे छ । त्यस्तै, संक्रमणबाट मृत्यु हुनेकाे संख्या पनि घटिरहेकाे छ । हालसम्म विश्वभर १६ करोड ९५ लाख ९७ हजार ६५१ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १५ करोड १३ लाख १९ हजार १११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ७ लाखभन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन् । शुक्रवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार मृत्यु हुनेकाे संख्या ३५ लाख २३ हजार १७९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ६ हजार ९५१ जनाकाे ज्यान गएको छ । १ लाख १६ हजार ४७६ सक्रिय संक्रमित रहेका छन् भने ५ लाख ४२ हजार २५६ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ४ लाख १८ हजार ८२९ जना संक्रमित निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News