अपडेट 
२०७८ जेष्ठ १४, शुक्रबार १२:००

भारतमा कोरोना संक्रमितको संख्यामा तीब्र कमी आइरहेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ५३५ बिरामीको कोरोना रिपोर्ट पोजेटिभ आयो । २ लाख ६४ हजार १८२ बिरामी निको भए जबकी ३,५५६ जनाको मृत्यु भयो । नयाँ बिरामीको आँकडा पछिल्लो ५४ दिनमा सबैभन्दा कम रह्यो । यसअघि अप्रिल १३ मा १ लाख ८५ हजार ३०६ नयाँ बिरामी भेटिएका थिए । २८ राज्य र केन्द्र शासित प्रदेशमा नयाँ बिरामीको तुलनामा निको हुनेको संख्या बढी रहेको छ । बिहिबार भारतमा २८,३२३ सक्रिय संक्रमित कम भए । अब २३ लाख २७ हजार ५४१ बिरामीको उपचार चलिरहेको छ ।

Comment


Related News

Latest News

Trending News