२०७८ जेष्ठ १५, शनिबार १३:११

जनकपुरधाम उपमहानगरपालिका १२ मा पर्ने कुपेश्वरनाथ महादेव मन्दिरमा चोरी भएको छ ।

मुख्य गेटमा लागेको ताला फोडेर शुक्रवार राति चोरहरुले मन्दिरमा चोरी गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र कुमार मिश्रका अनुसार मन्दिरमा रहेको शिवलिंगबाट चाँदीको नाग र दान पेटिकामा रहेको रुपैया चोरी भएको छ । राति पानी परिरहेको समयमा चोरी भएको र अनुसन्धान सुरु गरिएको उनले बताए । चोरी कसले गरेको कुरा खुल्न सकेका छैन । मन्दिरका महन्थले गुठी संस्थानमा उजुरी दिँदै मन्दिरका जग्गामा रहेका घर टहरा हटाउन माग गरेका थिए । त्यसको केहिदिन नबित्दै मन्दिरमा चोरी भएको छ ।

Comment


Related News

Latest News

Trending News